स्वागत म्यासेज

नेपालको तराई तथा प्रदेश नं २ को संघिय निर्वाचन क्षेत्र न. १ बाराको हुलाकी राजमार्गसंगै जिल्लाको सदरमुकाम कलैयाबाट १५ कि.मि.पुर्वमा आदर्श कोतवाल गाउँपालिकाको वार्ड नं १ अन्तर्गत अवस्थित यस विधालयको सुरुवात २०१३ साल भन्दा अगाडि देखी नै हालको भवनको पश्चिम तिर रहेको राम जानकी मठमा भएको हो । त्यस बखतका स्थानिय सामाज सेवी श्री राम चरित्र प्रसाद जैसवार जीले आफ्नो व्यक्तिगत सम्पति विधालयको नाममा समर्पण गरी आफ्नै सक्रियतामा यो विधालय स्थापना गरेको ऐतिहासिक तथ्य रहेको छ । वि.सं. २०१३ मा स्थापित यस बिद्यालयमा वि.सं. २०२० मा माध्यमिक र वि.सं. २०६६ मा उच्च माध्यमिक विधालय सञ्चालन भएको विधालयमा अहिले धेरै विधार्थी अध्यनरत छन्। यो विधालयमा आदर्श कोतवाल गाउँपालिका लगायत अन्य क्षेत्रबाट पनि विधार्थीहरु यो विधालयमा अध्ययन गर्न आउछन् । बिगत ५६ वर्षदेखि शिक्षाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको यस विधालयमा अहिले उच्च माध्यामिकमा विज्ञान, व्यवस्थापन र शिक्षा गरी तीनै संकायको पढाई हुदै गरेको छ । छ ।

थप पढ्नुहोस्